आफ्ना पदाधिकारीको फाइल खोल्न कांग्रेस तयार नहुँदासम्म संसदीय समिति बन्दैन : रास्वपा

हिमाल प्रेस ३ जेठ २०८१ २०:३३ | Thursday, May 16, 2024
आफ्ना पदाधिकारीको फाइल खोल्न कांग्रेस तयार नहुँदासम्म संसदीय समिति बन्दैन : रास्वपा फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता मनिष झाले अब संसदीय छानबिन समिति नबन्ने बताएका छन्। संसद् बैठक स्थगित भएपछि संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग उनले अब संसदीय समिति नबन्ने बताएका हुन्।

‘अब समिति त्यो बेलामा मात्र बन्छ जब कांग्रेस आफ्दा पदाधिकारीहरूको फाइल खोल्न तयार हुन्छ,’ उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाका साथै उनका श्रीमती र छोराको पनि छानबिन गर्नुपर्छ।’

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्ने र आफूहरु सबै सहकारीको समस्या हेर्ने गरी संसदीय समिति गठन गर्न तयार रहँदासमेत कांग्रेस सहमतिमा नआएको उनको भनाइ छ।

प्रकाशित: ३ जेठ २०८१ २०:३३ | Thursday, May 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast