आजदेखि राष्ट्र बैंकले ३५ अर्ब बैंकिङ प्रणालीबाट तान्दै

हिमाल प्रेस ११ जेठ २०८१ ११:३८ | Friday, May 24, 2024
आजदेखि राष्ट्र बैंकले ३५ अर्ब बैंकिङ प्रणालीबाट तान्दै राष्ट्र बैंक

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजदेखि एकैपटक ३५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तान्ने भएको छ। बैंकमा देखिएको तरलता व्यवस्थापन गर्न उक्त रकम बैकिङ प्रणालीमा तान्न लागिएको हो। जेठ महिनामा राष्ट्र बैंकले पाँचौँपटक बैंकिङ प्रणालीबाट पैसा खिच्न लागेको छ।

केन्द्रीय बैंकले आजदेखि फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै एकैपटक ३५ अर्ब रुपैयाँ खिच्ने लागेको हो। यसका आइतबार १२ बजे बोलकबोल हुने बैंकले जनाएको छ। यसअघि बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले जेठ ७ गते १० अर्ब रुपैयाँ, जेठ ४ गते ३५ अर्ब रुपैयाँ, जेठ ३ गते ५० अर्ब रुपैयाँ र जेठ १ गते १० अर्ब रुपैयाँ खिचेको थियो।

निक्षेप बढेसँगै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर लामो समयदेखि ३ प्रतिशतभन्दा तल रहेको छ। निक्षेप लगातार बढ्दै गए पनि कर्जाको माग बढ्न नसक्दा अहिले बैंकिङ प्रणालीमा पैसा थुप्रिने क्रम जारी छ। हाल बैैंकसँग करिब ६ खर्ब ९० अर्ब लगानीयोग्य रकम जम्मा छ।

प्रकाशित: ११ जेठ २०८१ ११:३८ | Friday, May 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast