 प्रतीकात्मक तस्बिर।
                             प्रतीकात्मक तस्बिर।
                                            काठमाडौँ- ललितपुर महानगरपालिका-१७, बाफलमा आगलागीमा परेका दुई बालिकाको सोमबार मृत्यु भएको छ। घाइते पाँच जना मध्ये एलिसा गिरी (८), प्रिया गिरी (४) को मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीहरूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मोबिल राखिएका ड्रममा आगो सल्किँदा आइतबार विस्फोट भएको थियो।
३५ वर्षीय सञ्जय गिरी, उनकी श्रीमती रूपा र भतिज मित गिरीको किस्ट अस्पतालमा उपचार भइरहेको छ। एलिसा र प्रिया सञ्जय र रुपाका छोरीहरू हुन्।
                            प्रकाशित: २४ वैशाख  २०८१ २१:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 