‘आउट लः दफा २१९’ असोज ३ मा प्रदर्शन

हिमाल प्रेस १८ जेठ २०८१ १४:१७ | Friday, May 31, 2024
‘आउट लः दफा २१९’ असोज ३ मा प्रदर्शन

काठमाडौँ- फिल्म ‘आउट लः दफा २१९’ आगामी असोज ३ देखि प्रदर्शन हुुने भएको छ। निर्माण टिमले पहिलो पोस्टर सार्वजनिक गर्दै असोज ३ लाई प्रदर्शन मिति घाेषणा गरेका हुन्।

पोस्टरमा फिल्मका मुख्य कलाकार सुशिल श्रेष्ठ मेसिनगन बोकेर एक्सनसहित रिसाहा अवतारमा देखिएका छन्।

फिल्ममा अन्य कलाकार नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनलगायतको अभिनय छ।

फिल्म विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको छ। फिल्म नविन गुरुङको छायांकन, साहिल खानको सम्पादन, चुल्ठे काजीको द्वन्द्व निर्देशन छ।

स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा बनेको फिल्म अमित अग्रहरिको निर्माण गरेका हुन्।

विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह- निर्मातामा छन्।

प्रकाशित: १८ जेठ २०८१ १४:१७ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast