आईपीएल : हैदरावादले हरायाे राजस्थानलाई, कुल खेलाडीकाे कस्ताे प्रदर्शन?

हिमाल प्रेस २१ वैशाख २०८१ ६:३५ | Friday, May 3, 2024
आईपीएल : हैदरावादले हरायाे राजस्थानलाई, कुल खेलाडीकाे कस्ताे प्रदर्शन?

काठमाडाैँ- इन्डियन प्रिमियर लिग–२०२४ को रोमाञ्चक खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई एक रनले पराजित गरेको छ।

जितसँगै सनराइजर्सले चालु सिजनको अंक तालिकाको शीर्ष ४ मा प्रवेश गरेको छ भने राजस्थानको प्लेअफमा पुग्ने प्रतीक्षा बढेको छ। पराजयका बाबजुद रोयल्स १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिलाे ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २०१ रन बनाएको थियो। टोलीले सिजनमा पाँचौं पटक २०० रन पार गरेको छ।

राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २०० रन मात्रै बनाउन सक्याे। रोयल्सलाई अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको थियो तर भुवनेश्वर कुमारले मात्र ११ रन दिए। खेलको प्लेयर अफ द म्याच भुवनेश्वर भए। उनले ४१ रनमा ४ विकेट लिए।

हैदरावादका लागि नितिश रेड्डीले ४२ बलमा ७६ रनको अविजित अर्धशतक खेले भने ट्राभिस हेडले ४४ बलमा ५८ रन बनाए। हेनरिक क्लासेनले १९ बलमा अविजित ४२ रनको योगदान दिए। आवेश खानले २ विकेट लिए।

राजस्थानका लागि रियान परागले ४९ बलमा ७७ रन बनाए भने यशस्वी जैसवालले ४० बलमा ६७ रनको इनिङ खेले। भुवनेश्वर कुमारका अलावा टी नटराजन र प्याट कमिन्सले २–२ विकेट लिए।

प्रकाशित: २१ वैशाख २०८१ ६:३५ | Friday, May 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast