आईपीएल : बाहिरियो आरसीबी, राजस्थानको जित

हिमाल प्रेस १० जेठ २०८१ ७:३६ | Thursday, May 23, 2024
आईपीएल : बाहिरियो आरसीबी, राजस्थानको जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)को ‘प्ले अफ’ चरणको दोस्रो समीकरण (इलिमिनेटर)मा रोयल च्यालेनजर्स बेंगलुरु (आरसीबी) पराजित बनेको छ।

बुधबार रातिको खेलमा रोयल राजस्थानसँग आरसीबी बनेको हो।

आरसीबीले दिएको १७३ रनको लक्ष्य रोयल राजस्थानले १९ ओभरमा ६ विकेट गुमाएर भेटाएको हो।

जितका लागि राजस्थानका यशस्वी जैसवालले ३० बल खेल्दै ८ चौकासहित सर्वाधिक ४० रन बनाए। यस्तै रियान परागले २६ बलमा ३६ रन जोडे। सिमरन हेटमायरले २६ तथा टम कोहलर-क्याडमोरले २० रन बनाए।

आरसीबीका लागि मोहम्मद सिराजले २ विकेट लिँदा लोकी फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रन बनायो। आरसीबीका लागि रजत पतिदरले २२ बलमा बनाएको ३४ रन नै सर्वाधिक रह्यो।

यस्तै विराट कोहलीले ३३ रन बनाउँदा महिपाल लोम्रोरले ३२ रन जोडे। क्यामरन ग्रीनले २७ रन बनाए।

राजस्थानका लागि आवेश खानले ३ तथा रविचन्द्रण आश्विनले २ विकेट लिए। ट्रेन्ट बोल्ट, सन्दिप शर्मा र युजभेन्द्र चहलले १-१ विकेट लिए।

राजस्थानले अब क्वालिफायर १ को पराजित टोली सनराईजर्स हैदराबादविरुद्ध फाइनल प्रवेशका लागि आउँदो शुक्रबार खेल्नेछ।

हैदराबादलाई हराउँदै कोलकत्ता नाइट राइडर्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।

प्रकाशित: १० जेठ २०८१ ७:३६ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast