आईपीएल : बाहिरिएको मुम्बईमाथि जित निकाल्दै कोलकत्तामा ‘प्लेअफ’मा

हिमाल प्रेस ३० वैशाख २०८१ ७:२७ | Sunday, May 12, 2024
आईपीएल : बाहिरिएको मुम्बईमाथि जित निकाल्दै कोलकत्तामा ‘प्लेअफ’मा

काठमाडौँ- कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ।

शनिबार राति भएको खेलमा मुम्बइ इन्डियन्सलाई पराजित गर्दै कोलकाता प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो।

वर्षाले प्रभावित भएको खेलमा कोलकत्ताले मुम्बइलाई १८ रनले पराजित गरेको हो।

१६ ओभरमा घटाइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले ७ विकेटको गुमाएर १५७ रन बनाएको थियो।

कोलकाताका वेंकटेश ऐयरले २१ बलमा सर्वाधिक ४२ रन बनाए। नितिश रानाले २३ बलमा ३३ रन बनाउँदा आन्द्रे रसेलले २४ तथा रिन्कु सिंहले २० रन जोडे। ओपनर भने चल्न सकेनन्।

मुम्बइका जस्प्रित बुमराह र पियुस चावलाले दुई-दुई विकेट लिए भने नुवान् थुसरा र अंशुल कम्बोजले एक-एक विकेट लिए।

१५८ रनको लक्ष्य पछ्याएको मुम्बइले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रन मात्र बनायो। मुम्बइका इशन किसनले ४०, तिलक बर्माले ३२, रोहित शर्माले १९ र नमन धिरले १७ रन बनाए।

कोलकत्ताका हर्षित राना, बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुई-दुई तथा सुनिल नारायणले एक विकेट लिए।

यो जितपछि १२ खेलबाट १८ अंक जोडेको कोलकाता शीर्ष स्थानमा रहँदै प्लेअफको यात्रा पक्का गरेछ । एक खेल खेल्न बाँकी रहेको मुम्बइ भने ८ अंकमा सीमित छ ।

प्रकाशित: ३० वैशाख २०८१ ७:२७ | Sunday, May 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast