‘कमेडी दरबार’ असार १४ देखि प्रसारण, को-को छन् कलाकार?

हिमाल प्रेस ३१ वैशाख २०८१ ११:५४ | Monday, May 13, 2024
‘कमेडी दरबार’ असार १४ देखि प्रसारण, को-को छन् कलाकार?

काठमाडौँ- कमेडी रियालिटी सो ‘कमेडी दरबार’ असार १४ गतेदेखि प्रसारण हुने भएको छ। राजधानीमा आयोजित कार्यक्रममा प्रसारणको मिति र फस्ट लुक सार्वजनिक गरिएको हो।

सो को निर्देशन विक्की अग्रवाल र श्रद्धा प्रसाईले गरेका छन्। ‘कमेडी दरबार’ साताको शुक्रबार राती ९ बजे प्राइभ टाइम टेलिभिजन र ओएसआर डिजिटलमा प्रसारण हुनेछ।

कमेडी दरबारमा अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा देखिनेछिन्। साे मा अन्य कलाकार अभिनेता बिजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पबित्रा शाकी (मिस पबि) सँगै हाँस्य कलाकार हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाललगायतकाे प्रस्तुति रहनेछ।

यस्ताे छ फस्ट लुक

प्रकाशित: ३१ वैशाख २०८१ ११:५४ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast