असार सातमा भिड्दै ‘शिरफूल’, ‘आचार्य’ र ‘दान्भी’

हिमाल प्रेस ९ जेठ २०८१ १६:३५ | Wednesday, May 22, 2024
असार सातमा भिड्दै ‘शिरफूल’, ‘आचार्य’ र ‘दान्भी’

काठमाडौँ- हलमा आगामी असारकाे पहिलाे साता तीन फिल्म भिड्ने निश्चित भएको छ। फिल्म ‘शिरफूल’का टिमले प्रदर्शन मिति तोकेसँगै एकैदिन तीन फिल्म भिड्ने भएको छ। ‘शिरफूल’, ‘आचार्य’ र ‘दान्भी’।

यसअघि जेठ १० गते अपेक्षित तीन फिल्म ‘पुजार सार्की’ र ‘फर्की फर्की’ भिड्ने भएपछि दर्शक बाँडिने भन्दै ‘दान्भी’का टिमले तत्काल मिति पोस्पोण्ड गरेर असार सात गते प्रदर्शन गर्ने घोषणा गरे। अन्य दुई फिल्म ‘पुजार सार्की’ र ‘फर्की फर्की’ भने भोलि अर्थात् जेठ १० देखि प्रदर्शन हुँदैछ।

त्यस्तै अघिल्लो साता राजधानीमा कार्यक्रम गर्दै स्व.भक्तराज आचार्यको वायोपिक फिल्म आचार्य असार सातमै पुनः प्रर्दशन गर्ने घोषणा भयो। ‘कोही बेला माथैमाथ कोही बेला पुर्पुरोमा हात’ भनेझैँ फेरि असार सातामा तीन फिल्म भिड्नेछन् तर यो नौलो कुरा भने होइन्।

कस्तो छ त फिल्म?

दान्भी

अभिनेत्री पूजा शर्माको पहिलो एक्सन फिल्म हो ‘दान्भी’। उनी फिल्ममा मेसिनगनसहित प्रस्तुत भएकी छन्। फिल्मका निर्देशक रुपेश तामाङ हुन्। फिल्ममा अभिनेता कुन्साङ बोमजम, किरण श्रेष्ठलगायत कलाकारको अभिनय छ।

हरि घलेको छायांकन, निर्देशन श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादनमा बनेको फिल्म अर्जुन पोखरेल, नरेश जोगी र केदारराज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी छ। फिल्म जुना फिल्मस्को ब्यानरमा निर्माण भएको छ।

शिरफूल

नारीले शिरमा लाउने फूल आकारको सुनको गहनालाई ‘शिरफूल’ भनिन्छ। नेपाली समाजमा छोरी चेलीलाई शिरको फूलको रुपमा लिने चलनलाई फिल्ममा बिम्बको रूपमा बुझाउन कमल एक्चै मगरले शिरफूल’ निर्देशन गरेका छन्।

निर्देशक मगरका अनुसार फिल्ममा अहिलेको बढ्दो आधुनिकताको प्रभावसँगै युवा पुस्तामा देखिएको सांस्कृतिक विकृतिलाई चित्रण गर्ने प्रयास गरिएको छ।

फिल्ममा रूपा राना, राज थापा, देवराज आले, विनिता थापा, सुनिल रोका, नमिता तामाङ, पूजा गदाल, लिला गुरूङ, नीता पुन, किरण मगरलगायतको कलाकारको अभिनय छ। फिल्ममा अभिनेत्री मरिष्का पोखरेल विशेष भूमिकामा छिन्।

देवराज आले मगरको कथा रहेको फिल्म राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ। फिल्म निरोज श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादनमा बनेको छ। फिल्म आशीर्वाद पुन मगर र माया छन्त्याल पुनको लगानीमा निर्माण भएको हो।

आचार्य

भजन शिरोमणि स्व.भक्तराज आचार्यको वायोपिक फिल्म हो ‘आचार्य’। १३ वर्षअघि प्रदर्शन भएको फिल्म उनको मृत्युपछि पुनः प्रदर्शन गर्न लागिएको हो।

फिल्म गत फागुनमा निधन भएका भक्तराजको जीवनीमा आधारित छ।  गायक तथा संगीतकार सत्यराज आचार्यले फिल्ममा पिताको भूमिकामा देखिनेछन्। पहिले धेरैले हेर्न नपाएकाले पितालाई श्रद्धाञ्जलीस्वरुप पुनः प्रदर्शन गर्न लागेको सत्यराजले बताएका छन्।

प्रशान्त रसाइलीको निर्देशनमा तयार भएको फिल्ममा सत्यराजसहित सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतको अभिनय छ। निर्देशक देवजंग थापाले फिल्मको पुनः सम्पादन गरेका हुन्। फिल्मका निर्माता रोशन राई हुन्।

यस्ताे छ  ट्रेलर

प्रकाशित: ९ जेठ २०८१ १६:३५ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast