अर्थमन्त्री पुनको सम्पत्ति : बैंकमा ३३ लाख ७० हजार, रोल्पामा घडेरी

हिमाल प्रेस ८ जेठ २०८१ १६:०९ | Tuesday, May 21, 2024
अर्थमन्त्री पुनको सम्पत्ति : बैंकमा ३३ लाख ७० हजार, रोल्पामा घडेरी वर्षमान पुन। फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सरकारले जेठ ३ को मन्त्रिपरिषद्‌को निर्णयअनुसार उनको पनि सम्पत्ति विवरण सार्वजनिक भएको हो।

जसअनुसार पुनसँग रोल्पा नगरपालिका ७ मा ८२० वर्गमिटर जग्गा रहेको उल्लेख छ। साथै पुनसँग एनएमबी बैंकको खातामा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात रहेको उल्लेख छ।

उनले बैंकमा भएको रकमको स्रोत भने तलब भत्ता, भ्रमण भत्ता उल्लेख गरेका छन्। उनले आफूसँग एक थान हलुका सवारी भएको तर उक्त सम्पत्ति पार्टीको भएको बताएका छन्।

प्रकाशित: ८ जेठ २०८१ १६:०९ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast