अमेरिकी राजदूत थम्पसनले गरे लुम्बिनी भ्रमण

हिमाल प्रेस २९ वैशाख २०८१ ८:३९ | Saturday, May 11, 2024
अमेरिकी राजदूत थम्पसनले गरे लुम्बिनी भ्रमण

लुम्बिनी- नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन्।

लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए–नेपालको हस्ताक्षर समारोहमा सहभागी हुन आएका राजदूत थम्पसनले शुक्रबार लुम्बिनीको भ्रमण गरेका हुन्।

राजदूत थम्पसनलाई लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वागत गरे। उक्त अवसरमा अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीको पनि उपस्थिती थियो।

राजदूत सहितको टोलीले शान्ति दीप, मायादेवी मन्दिरको दर्शन, पुष्करणी पोखरी तथा अशोक स्तम्भको अवलोकन गर्दै जानकारी समेत लिएका थिए।

यसैबीच राजदूत थम्सनले भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै नेपालको आर्थिक अवस्था सुधार गरी समृद्ध मुलुक बनाउने दिशामा सहयोगी भूमिका निर्वाह गरेको बताए।

उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को कार्यान्वयन हुन थालेको प्रसंग उल्लेख गर्दै आर्थिक अवस्था सुधार गरी समृद्ध मुलुक बनाउने काममा अमेरिकाले सहयोग गरेको बताएका हुन्।

राजदूत थम्पसनले एमसीसी परियोजनालाई नेपालको संसद्ले पारित गरेको र सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेकाले यसको कार्यान्वयनमा कुनै अवरोध नरहेको बताए।

एमसीसी परियोजना अन्तर्गत ४ सय केभी क्षमताको नयाँ बुटवल सबस्टेसन निर्माणको ठेक्का लागेसँगै आयोजना कार्यान्वयनमा गएको भन्दै राजदुत थम्पसनले यसले नेपालको विद्युत व्यापार र सडक पुर्वाधार निर्माणमार्फत नेपालको आर्थिक विकासमा योगदान दिने बताए।

अमेरिका र नेपालबीच दौत्य सम्बन्धको ७७ वर्ष भएको र यो सम्बन्ध सफल र विश्वासिलो रहेको उ राजदुत थम्पसनले नले बताए। राजदूत थम्पसनले लुम्बिनीमा विभिन्न देशले निर्माण गरेका बौद्ध बिहारहरुले लुम्बिनी शान्ति र सहअस्तित्वको नमूना प्रस्तुत गरेको बताए।

अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीले अमेरिका र नेपालबीचको ७७ वर्षको सम्बन्ध सुदृढ रहेको बताउँदै नेपालको उन्नतीका लागि सहकार्य गर्ने बताइन्।

प्रकाशित: २९ वैशाख २०८१ ८:३९ | Saturday, May 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast