अमेरिकाले सन्दीप लामिछानेलाई दोस्रोपटक पनि दिएन भिसा

हिमाल प्रेस १७ जेठ २०८१ १७:१४ | Thursday, May 30, 2024
अमेरिकाले सन्दीप लामिछानेलाई दोस्रोपटक पनि दिएन भिसा सन्दीप लामिछाने

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको भिसा आवेदन काठमाडौँस्थित अमेरिकी दूतावासले फेरि पनि अस्वीकार गरेको छ। खेलकुद मन्त्रालयको आग्रहपछि र भिसा उपलब्ध गराउन माग राखेर परराष्ट्र मन्त्रालयले दूतावासलाई कूटनीतिक नोट पठाएको थियो।

त्यससँगै दूतावासले आज बिहीबार लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो। अब अमेरिकामा हुने टी-२० विश्वकपको नेपाली टोलीमा सन्दीप नहुने पक्का भएको छ।

यसअघि यही जेठ ९ गते पनि अन्तर्वार्तामा बोलाएको तर आफूलाई अमेरिका जानका लागि भिसा नदिएको उनै लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए। त्यसो त लामिछानेलाई अमेरिकाले सन् २०१९ पनि अमेरिकाले भिसा दिएको थिएन। पछि पुनरावेदन गर्दा क्यारेबियन प्रिमियर लिग खेल्न जाने बेलामा ट्रान्जिट भिसा दिएको थियो।

उनी बलात्कार अभियोगमा हालैमात्र उच्च अदालतबाट सफाइ पाएका खेलाडी हुन्। सफाइ पाएसँगै नेपाल क्रिकेट संघले उनको निलम्बन फुकुवा गरेर अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी गराउने निर्णय गरेको थियो। उनको मुद्दा अदालतमा विचारधीन हुँदैमा नेपाली राष्ट्रिय क्रिकेट टिमको १५ सदस्यीय टोली घोषणा हुँदा उनी टिममा परेका थिएनन्।

मेराे सपना नभए पनि देशकाे सपना पूरा भएकाेमा खुसी छु : सन्दीप लामिछाने

खेलकुद मन्त्रालयले सन्दीप लामिछानेलाई अमेरिका पठाउनेबारे पहल थाल्यो

सन्दीपको भिसाबारे अमेरिकी दूतावास : हामीले केही भन्न सक्दैनौँ

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा

क्यानले गर्‍यो सन्दीपमाथिको निलम्बन फुकुवा

सफाइ पाएपछि सन्दीपले भने : मैले नेपाललाई जहाँ पुर्‍याएको थिएँ, त्योभन्दा माथि पुर्‍याउनेछु

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

प्रकाशित: १७ जेठ २०८१ १७:१४ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast