अमेरिकाले युक्रेनलाई २७ करोड ५० लाख डलर दिने

हिमाल प्रेस १२ जेठ २०८१ १७:०८ | Saturday, May 25, 2024
अमेरिकाले युक्रेनलाई २७ करोड ५० लाख डलर दिने

वासिङ्टन डीसी- अमेरिकाले युक्रेनका लागि २७ करोड ५० लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ। सहायतामा गोला बारुद,आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोर्‍याएका हुन्। उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु कियभलाई खार्किभ नजिकै रुसको आक्रमणलाई रोक्न मद्दत गर्ने अमेरिकी प्रयासको एक हिस्सा रहेको बताए।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा ब्लिन्केनले भने,‘आज संयुक्त राज्य अमेरिकाले युक्रेनका बहादुर मानिसलाई सहयोग गर्न २७ करोड ५० लाख अमेरिकी डलरको हतियार र उपकरण प्रदान गर्ने घोषणा गरिरहेको छ। रुसको आक्रामकता विरुद्धको लडाइँमा हामी युक्रेनको साथमा रहनेछौँ।’

सन् २०२२ मा मस्को र कियभबीच युद्ध सुरु भएदेखि अमेरिकाले युक्रेनलाई सहयोग गर्ने प्रस्ताव गरेको हो। रसियासँग चलिरहेको युद्धबीच कियभलाई अमेरिकी समर्थनको पुष्टि गर्न यस महिनाको सुरुमा एन्टोनी ब्लिन्केनले युक्रेनको आकस्मिक भ्रमणमा पुगेका थिए।

प्रकाशित: १२ जेठ २०८१ १७:०८ | Saturday, May 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast