 
                             
                                            वासिङ्टन डीसी- आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले भारतभन्दा जीवन्त लोकतन्त्र संसारमा नभएको बताएको छ।
शुक्रबार राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले भावी सरकार निर्माणमा भारतीय जनताले देखाएको सक्रियताको प्रशंसा गरे।
किर्बीले एक पत्रकार सम्मेलनमा भने,‘संसारमा भारतभन्दा जीवन्त लोकतन्त्र धेरै छैनन् र हामी भारतीय जनतालाई उनीहरूको मतदान गर्ने क्षमता र भावी सरकार निर्माणका लागि देखाएको सक्रियताकोे प्रशंसा गर्दछौँ र शुभकामना दिन्छौँ।’
भारतको आम निर्वाचनप्रति अमेरिकी राष्ट्रपति जे बाइडेनको विचारबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत–अमेरिका सम्बन्धको बारेमा अर्को प्रश्नको जवाफ दिँदै ह्वाइट हाउसका अधिकारीले भने,‘म विगत तीन वर्षमा अडिग रहन्छु,भारतसँगको हाम्रो सम्बन्ध अत्यन्त निकट छ र निकट हुँदै गइरहेको छ।’

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                             ![राजनीतिक हस्तक्षेपले खस्कियो शैक्षिक क्षेत्र [हवाई विश्वविद्यालयका प्रा.डा. समीरकुमार खनालसँगको भिडियो कुराकानी]](https://himalpress.com/wp-content/uploads/2025/10/Samir-Khanal.jpg) 
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 