महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला ४ दिन बिदा

हिमाल प्रेस १५ जेठ २०८१ ११:५१ | Tuesday, May 28, 2024
महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला ४ दिन बिदा

काठमाडौं- महिला ट्राफिक प्रहरीले महिनावारी हुँदा चार दिन बिदा सुविधा पाउने भएका छन्। गणतन्त्र दिवसका दिन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ट्राफिक महिलाहरूका लागि नयाँ सुविधाको घोषणा गरेका हुन्।

उनले मंगलबार सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको शुभकामना दिँदै अबदेखि महिनावारीका बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा डिउटी गर्न नपर्ने घोषणा गरेका हुन्।

गृहमन्त्री लामिछानेले लेखेका छन्, गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयासस् अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयम् सेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ।’

प्रकाशित: १५ जेठ २०८१ ११:५१ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast