अफगानिस्तानमा बाढीका कारण दुई सयभन्दा बढीको मृत्यु

हिमाल प्रेस २९ वैशाख २०८१ १८:३८ | Saturday, May 11, 2024
अफगानिस्तानमा बाढीका कारण दुई सयभन्दा बढीको मृत्यु प्रतिनिधिमूलक तस्बिर

लाकी (अफगानिस्तान)- अफगानिस्तानका धेरै प्रान्तमा आएको आकस्मिक बाढीमा दुई सयभन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघले शनिबार बताएको छ। अधिकारीहरूले आपत्कालीन अवस्था घोषणा गरी घाइतेहरूलाई बचाउन प्रयास गरिरहेका छन्।

शुक्रबारको भारी वर्षाले धेरै प्रान्तका गाउँ तथा कृषिभूमिमा पानी र लेदोको नदी बग्दा उत्तरी बघलान सबैभन्दा बढी प्रभावित भएको थियो। बघलानमा मात्रै दुई सय भन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ घर क्षतिग्रस्त भएको संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले एएफपीलाई बताएको छ।

आइओएमको आपत्कालीन प्रतिक्रियाको नेतृत्व गर्ने राष्ट्रिय कार्यक्रमका अधिकारी मोहम्मद फहिम सफीले सरकारी तथ्याङ्क उद्धृत गर्दै बघलानी जादिद जिल्लामा एक हजार पाँच सय घर क्षतिग्रस्त वा नष्ट भएको र ‘एक सयभन्दा बढी मानिसको मृत्यु भएको’ बताए।

तालिबान सरकारका अधिकारीहरूले शुक्रबार रातिसम्म ६२ जनाको मृत्यु भएको बताएका थिए। सयौँ नागरिकले विनाशकारी बाढीमा परी मृयुवरण गरेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले शनिबार एक्समा पोस्ट गरिएको विज्ञप्तिमा जनाएका छन्। उनले मृतक र घाइतेको सङ्ख्यामा भिन्नता नदेखाई एएफपीलाई दर्जनौँ मारिएको बताए। रासस/एएफपी

प्रकाशित: २९ वैशाख २०८१ १८:३८ | Saturday, May 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast