गाउँ आएको बाटोको ‘चिठी प्रतियोगिता’

हिमाल प्रेस ४ जेठ २०८१ १५:०६ | Friday, May 17, 2024
गाउँ आएको बाटोको ‘चिठी प्रतियोगिता’

काठमाडौँ-  फिल्म ‘गाउँ आएको बाटो’ काे टिमले ‘चिठी प्रतियोगिता’ मार्फत प्रचारप्रसार थालेको छ। जेठ २५ गते प्रदर्शन हुने फिल्ममा बालाई छोराछोरीले चिठ्ठी लेखेवापत होनोर ब्रान्डको मोबाइल  जित्ने  पाउने अफर छ।

जसका लागि प्रतियोगीले ले चिठी लेखेपछि पढेर एउटा भिडियो बनाउनुपर्नेछ। पठाउने अन्तिम मिति २२ गतेसम्म रहेको निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा उल्लेख छ।

त्यस्तै, प्रतियोगीले भिडियो निर्माण कम्पनी बाँसुरी फिल्मस्को पेजमा ट्याग गर्नुका साथै बाँसुरी फिल्मस्को युट्युब च्यानल सब्सक्राइभ गरेको हुनुपर्नेछ। प्रतियोगीले निर्माण गरेको चिठ्ठी भिडियो फिल्मको आधिकारिक इमेल [email protected] मा पठाउनु पर्नेछ।

प्रतियोगितमा प्रथम विजेतालाई ‘होनोर एक्सनाइनबी’, द्धितियलाई ‘होनोर एक्सएटबी’ र तृतिय हुनेलाई ‘होनोर एक्ससेभेनबी’ पुरस्कार दिइनेछ।

‘गाउँ आएको बाटो’ले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवनयापन गर्ने माइलामाइलीको परिवारको कथामा आधारित छ। फिल्मका निर्देशक नवीन सुब्बा हुन्।

फिल्ममा माइलको भूमिकामा दयाहाङ राई र माइलीको भूमिकामा पशुपति राई छन्। उनीहरूको सातवर्षे छोरा बिन्द्रे (प्रसान राई) को जीवनमा गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तन र संघर्षको कथा प्रस्तुत गरिएको छ।

मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा बनेको फिल्मका निर्माता अमोद राई र निर्देशक सुब्बा हुन्। फिल्मको कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई छन्।

प्रकाशित: ४ जेठ २०८१ १५:०६ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast