
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ।
हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा थियो।
विगत तीन दिन स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४२ रुपैयाँ २८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९३ पैसा थियो।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ थियो।
त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४९ पैसा थियो।