वेस्टइन्डिजले दियो नेपाललाई १६१ रनको लक्ष्य

हिमाल प्रेस १६ वैशाख २०८१ १४:०२ | Sunday, April 28, 2024
वेस्टइन्डिजले दियो नेपाललाई १६१ रनको लक्ष्य

काठमाडौँ- वेस्टइन्डिज ‘ए’ ले नेपालसामु जितका लागि १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डि ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १६० रन बनायो।

उसका लागि आन्द्रे फेलचरले सर्वाधिक ४३ रन बनाए। उनले ३६ बल खेल्ने क्रममा तीन छक्का प्रहार गरे। साथै गुडाकेश मोतीले ३३, रोस्टन चेजले २३ रनको योगदान दिए।

नेपालका लागि कुशल भुर्तेल र सागर ढकालले दुई/दुई विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए। जारी प्रतियोगिताको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो।

आजको खेलमा नेपालका प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित अनिल शाह, सागर ढकाल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्शन झा, सोमपाल कामी, आकाश चन्द र लोकेश बम छन्।

साथै वेस्टइन्डिज ‘ए’को प्लेइङ ११ मा कप्तान रोस्टन चेज, एलिक अथान्जे, केसी कार्टी, जोनसन चाल्र्स, आन्द्रे फेलचर, म्याथ्यु फर्ड, ओबेद, म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स छन्।

प्रकाशित: १६ वैशाख २०८१ १४:०२ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast