माधव नेपालले फेरि दिए सरकारबाट बाहिरिने चेतावनी

हिमाल प्रेस १४ वैशाख २०८१ १५:४०
166
SHARES
माधव नेपालले फेरि दिए सरकारबाट बाहिरिने चेतावनी माधवकुमार नेपाल

काठमाडौँ- सत्तागठबन्धन दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई उपेक्षा गरिराखे सत्तागठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन्। आज शुक्रबार काठमाडौँमा युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा नेपालले नेपालको राजनीति र मौसम उस्तै रहेको बताउँदै यस्तो चेतावनी दिएका हुन्।

उनले सरकारमा भएका कुनै पनि दलले घमन्ड देखाए सरकार भुइँमै पछारिने पनि बताए। उनले भने, ‘यो चुनावमा कसैको बहुमत आएन, अहिलेको संसदमा १२ वटा पार्टी छन्। त्यसमध्ये ६ वटा सरकारमा छन्। एउटा पार्टी अलग हुने बित्तिकै सरकार माथिबाट भुइँमै पछारिन्छ। त्यसैले कोही पनि घमण्डी नहोस्।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले कांग्रेसलाई सत्रु बनाएर जान उक्साउनेहरूले पार्टी सिध्याउन खोजेको आरोप पनि लगाए। ‘दम्भ नदेखाऔं, झण्डै दुर्घटना होला कि भन्ने अवस्था सुदूरपश्चिमको मुख्यमन्त्रीको सिलसिलामा आइसकेको थियो। तर, प्रधानमन्त्रीले लचकता देखाउनुभयो। अहिले हाम्रो पार्टीको मुख्यमन्त्री हुनुहुन्छ,’ उनले भने, ‘अहिले विभिन्न प्रदेशमा हामीलाई स्थान दिइएको छ। कसैले कांग्रेसलाई शत्रु बनाउनुपर्छ भन्छन् जसले कांग्रेससँग सम्बन्ध टुटेर जाओस् भन्छन्। त्यो पार्टीलाई खत्तम पार्ने सिद्धान्त मात्रै हो।’

प्रकाशित: १४ वैशाख २०८१ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =