रुद्रकली र खगेन्द्रप्रसाद।
काठमाडौँ- सरकारले दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आइपुग्ने कतारका अमिर शेख तमिम बिन हमाद अल थानी हात्ती उपहार दिने तयारी गरेको छ। उनलाई नेपाल सरकारले दुई हात्ती उपहार दिने तयारी गरेको हो।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टर कार्यालयको हात्तीसारमा रहेकी पोथी छावा ‘रुद्रकली’ र निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसरमा रहेको भाले छावा ‘खगेन्द्रप्रसाद’ उपहार दिने तयारी गरेको छ।
तस्बिरः कृष्ण आचार्य / रासस
प्रकाशित: १० वैशाख २०८१ १४:५८ | Monday, April 22, 2024
प्रतिक्रिया



