सल्यानका सभापतिमाथि भएको आक्रमणप्रति कांग्रेसको भर्त्सना

हिमाल प्रेस ३ वैशाख २०८१ १७:२४
14
SHARES
सल्यानका सभापतिमाथि भएको आक्रमणप्रति कांग्रेसको भर्त्सना कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले सल्यानका सभापति केशरबहादुर विष्टमाथि भएको सांघातिक हमलाको भर्त्सना गरेको छ।

कांग्रेसले सोमबार एक विज्ञप्ति जारी गर्दै कर्णाली प्रदेश स्तरीय संगठन सुदृढ यात्राको सिलसिलामा कालिकोटबाट सल्यानतर्फ फर्कने क्रममा सल्यानको वनगाड कुपिण्डे नगरपालिका स्थित बालुवा संग्रहि भन्ने स्थानमा गत चैत्र २९ गते बेलुका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सल्यानका सभापति विष्ट माथि गरिएको सांघातिक आक्रमणको घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ।

कांग्रेसले यस घटनाको घोर निन्दा र भर्त्सना गर्दै घटनाको यथार्थ छानविन गरी दोषीलाई कानूनी कारवाहीका लागि सरकारसँग जोडदार माग गरेको छ।

प्रकाशित: ३ वैशाख २०८१ १७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast