नयाँ वर्षमा घुम्न निस्किँदै हुनुहुन्छ? हेर्नुहोस् मौसम

हिमाल प्रेस १ वैशाख २०८१ ६:३४
4
SHARES
नयाँ वर्षमा घुम्न निस्किँदै हुनुहुन्छ? हेर्नुहोस् मौसम

काठमाडौँ- आज नयाँ वर्ष अर्थात् २०८१ को पहिलो दिन। नेपाली संवत् सुरु भएको दिन।

यस अवसरमा हामी विभिन्न कार्यक्रम गर्छौ। साथै घुमघाम गर्छौ। के तपाईं आजको दिन घुमघाममा विताउने तयारीमा हुनुहुन्छ? यदि त्यसो हो भने आजको मौसमबारे बुझ्न आवश्यक छ।

आज बिहान कोशी, बागमती र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार भने कोशी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १ वैशाख २०८१ ६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast