८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्याे : जनक शिक्षा

हिमाल प्रेस २६ चैत २०८० १६:४९
88
SHARES
८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुग्याे : जनक शिक्षा

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभरका ८० प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको जनाएको छ। चैत १३ गतेसम्म कूल एक करोड ७० लाख थान पुस्तक छपाई गरी हालसम्म ८० प्रतिशत पुस्तक बिक्री गरिसकेको केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले जानकारी दिए।

उनले आजसम्म ७५ जिल्लामा पुस्तक पुगिसकेको जानकारी दिए। आजदेखि सोलुखुम्बु, बाँकै र बर्दियामा पाठ्यपुस्तक वितरण सुरु भएको छ। कैलालीमा भने भोलिदेखि पुस्तक बिक्री सुरु गरिनेछ। उनले यही चैत २८ गतेसम्म सबै जिल्लामा पाठ्यपुस्तक बिक्री वितरण गर्ने गरी काम भइरहेको बताए।

स्थानीय तहले विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा नगर्दा पाठ्यपुस्तक बिक्रीमा केही ढिलाइ भएको उनको भनाइ छ। उनले सोलुखुम्बुका स्थानीय तहलाई पत्राचार गरेको १० दिनपछि आज रकम निकासा भएको बताए। दुर्गम जिल्लाका विद्यालयमा पाठ्यपुस्तक वितरणपछि काठमाडौँ उपत्यकामा सुरु गरिने उनको भनाइ छ।

प्रकाशित: २६ चैत २०८० १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast