काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ को टिजर सार्वजनिक भएको छ। अभिनेता अल्लु अर्जुनको ४२ औं जन्मदिनको अवसरमा फिल्मको टिजर सार्वजनिक गरिएको हो।
एक मिनेट आठ सेकेन्डको टिजरमा अभिनेता अर्जुन हातमा त्रिशूल लिएर घुँडामा घुँघुरा, कानमा झुम्का, आँखामा गाजल र साडी लगाएर माता कालीको भेषमा दुश्मनसँग लडिरहेको देखिन्छ।
सुकुमारको निर्देशनमा बनेको फिल्ममा रश्मिका मन्दाना, फहाद फाजिल, धनञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाजलगायत कलाकारको अभिनय छ। फिल्म आगामी १५ अगस्टमा प्रदर्शन हुनेछ।
यस्तो छ टिजर
प्रकाशित: २६ चैत २०८० १६:०३
प्रतिक्रिया



