काठमाडौँ- एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले घरेलु टोली गुजरात क्रिकेट संघसामू १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। गुजरातको वापीस्थित साई मेघपन स्पोर्टसलाइफ मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १७६ रनको योगफल तयार पार्यो।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ४७ बलमा सर्वाधिक ७४ रनको योगदान गरे। यसैगरी आसिफ शेखले ३४, कुशल मल्लले अविजित ३१ र कुशल भुर्तेलले १९ रन बनाए।
रोहितले दोस्रो विकेटका लागि आशिफसँग ७७ र तेस्रो विकेटका लागि कुशल मल्लसँग ५२ रनको साझेदारी गरे। गुजरतका लागि जयमित पटेल, शहिन पटेल जाला युवराजसिंह र तेजस पटेलले समान एक विकेट लिए।
प्रकाशित: २५ चैत २०८० १५:००
प्रतिक्रिया