एमाले कालीकोटको अध्यक्षमा मल्ल

हिमाल प्रेस २५ चैत २०८० १२:०८
एमाले कालीकोटको अध्यक्षमा मल्ल

कालीकोट- नेपाल कम्युनिस्ट पार्टी एमालेजिल्ला कमिटीको अध्यक्षमा तुलाराम मल्ल विजयी भएका छन्। शनिबार भएको निर्वाचनमा मल्लले दुई सय १८ मत प्राप्त गर्दा अध्यक्षका प्रत्यासी सिम्खडाले एक सय ८६ मत प्राप्त गरेका थिए।

यही चैत २१ गते सुरु भएको ११औँ जिल्ला अधिवेशनमा सहमति नभएपछि शनिबार निर्वाचन भएको थियो। पदाधिकारीमा अध्यक्ष मल्लको प्यानल नै विजयी भएको छ।

साथै, उपाध्यक्षमा टेकबहादुर बुढाले दुई सय १० मतसहित निर्वाचित भए भने प्रतिद्वन्द्वी कमलबहादुर शाहीले एक सय ७२ मत प्राप्त गरे। सचिवमा पुष्पराज आचार्यले दुई सय १२ मत ल्याएर विजयी हुँदा प्रत्यासी खडानन्द चौलागाई एक सय ५८ मत प्राप्त गरेका छन्।

उपसचिव खुलामा पवित्र शाहीले एक सय ६८ मत प्राप्त निर्वाचित भए भने अर्का प्रत्यासीहरू प्रेमबहादुर बुढाले ९२ र लंकबहादुर बमले ९८ मत पाएको निर्वाचन समितिका सदस्य भरत विष्टले जानकारी दिए।

उपसचिव महिलामा ताराकुमारी शाहीले दुई सय १२ मत प्राप्त गरी विजयी भए भने प्रत्यासी सुभद्रा सिंहले सय ५७ मत प्राप्त गरे। निर्वाचनमा कुल चार सय २८ मतदातामध्ये चार सय २४ मत खसेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित: २५ चैत २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast