काठमाडौँ- गण्डकी प्रदेशमा एमालेका नेता खगराज अधिकारीको नेतृत्वमा सरकार गठन गर्न दाबी गरेका छन्।
एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्री दाबी गरेका हुन्।
यसमा सभामुखको समेत संख्या गनिएको छ।
एमालेका २२, माओवादीका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सिट पुग्छ। दलको सिट संख्याका आधारमा बहुमत पुर्याएर दाबी गरेको हो।
प्रदेश प्रमुखले एक साताभित्र अर्थात् २७ चैत दिउँसो ३ बजेसम्म समयसीमा दिएर नेपालको संविधान धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए।
प्रकाशित: २५ चैत २०८० ११:२२
प्रतिक्रिया