उपनिर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

हिमाल प्रेस २५ चैत २०८० ७:२०
उपनिर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ- वैशाखमा हुने उपनिर्वाचनका लागि मनोनयन भएका उम्मेदवारविरूद्ध आज उजुरी लिइने भएको छ।

निर्वाचन आयोगका अनुसार त्यसका लागि आज बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ। साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने जनाइएको छ।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम तय गरिएको छ।

आगामी वैशाख १५ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। इलाम-२ र बझाङ प्रदेश- १ मा आयोगले उपनिर्वाचन गर्ने तयारी स्वरूप प्रकिया सुरू गरेको हो।

हिजो भएको मनोनय दर्तामा इलाम २ मा २० जनाको उम्मेदवारी परेको छ भने बझाङ प्रदेशसभा १ मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: २५ चैत २०८० ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast