
काठमाडौँ– नेपाल टेलिकमले दूरसञ्चार कार्यालय सुन्धाराको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण स्थानमा सञ्चालित पुरानो कपर प्रविधिमा आधारित आधारभूत टेलिफोन सेवालाई फाईबर टुदिहोम प्रविधिमा स्तरोन्नति गरेको छ।
सुन्धारामा आयोजित एक कार्यक्रममा प्रबन्धनिर्देशक संगीता पहाडी अर्यालले कपर प्रविधिको टेलिफोन सेवाको स्विच अफ गरी यो सेवा बन्द गरेकी हुन्।
कपर प्रविधिबाट वितरित टेलिफोन तथा एडीएसएल लाइन पूर्ण रुपमा आधुनिक फाइबर प्रविधिको नेटवर्कमा सार्ने कार्य सम्पन्न गरी कपर नेटवर्क बन्द गरिएको टेलिकमले जनाएको छ।
प्रकाशित: २३ चैत २०८० १२:२३
प्रतिक्रिया