काठमाडौँ- संसदीय समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाएको छ।
संसदीय सुनुवाइ समितिको आजको बैठकले १० दिने सूचना जारी गर्ने निर्णय गरेको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका हुन्।।
आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो।
प्रकाशित: १९ चैत २०८० ११:२१
प्रतिक्रिया