३४५ मतले अघि लागे एमालेका सुहाङ, पछ्याउँदै कांग्रेसका डम्बर

हिमाल प्रेस १६ वैशाख २०८१ १८:५२ | Sunday, April 28, 2024
३४५ मतले अघि लागे एमालेका सुहाङ, पछ्याउँदै कांग्रेसका डम्बर

काठमाडौँ- इलाम क्षेत्र नम्बर–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणना सम्पन्न भएको छ। जसअनुसार पछि परेका नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन्। तीन वडामा लिड गरेका कांग्रेस उमेदवार डम्बर खड्का दोस्रो स्थानमा झरेका छन्।

सुहाङले ३४५ मतले अघि लागेका छन्। वडा नम्बर ४ मा १,७१८ मत झरेको थियो। त्यो मतमध्ये सुहाङलाई ९१२ गएको छ। यहाँ कांग्रेसका खड्काले ५३९ मत पाएका छन्।

पहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले १६३ मत प्राप्त गर्दा रास्वपा उमेदवार मिलन लिम्बूले ७१ मत प्राप्त गरेका छन्।

हालसम्म पाँच हजार ८६८ मत गणना भएको छ। जसमध्ये पहिलो दल एमालेले २,५४२, दोस्रो दल कांग्रेसले २,१९७, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ।

प्रकाशित: १६ वैशाख २०८१ १८:५२ | Sunday, April 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast