![२६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्नुअघि ७ दिने स्पष्टीकरण [सूचनासहित]](https://himalpress.com/wp-content/uploads/2022/12/1625554885.sarbajanik-kharid-anugaman.jpg) 
                             
                                            काठमाडौँ- सरकारले २६ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्नुअघि ती निर्माण कम्पनीलाई सोमबार ७ दिने स्पष्टीकरण सोधेको छ।
विभिन्न सार्वजनिक निकायले कालोसूचीमा राख्नका लागि २६ वटा निर्माण कम्पनीलाई सिफारिस गरेपछि कार्यालयले सुरुमा ३० दिनभित्र स्पष्टीकरण पेश गर्न सूचना पठाएको थियो।
तर, सो समयमा स्पष्टीकरण प्राप्त नभएकाले पुनः अन्तिम मौका दिइएको कार्यालयको भनाइ छ। ७ दिनको अवधिमा पनि स्पष्टीकरण पेस नगरेमा कालोसूचीमा राखिनेछ।
 
 
                            प्रकाशित: १९ चैत  २०८० ८:१८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 