स्वदेश फर्कँदैछन् अफगानी शरणार्थी

हिमाल प्रेस १४ वैशाख २०८१ २१:४१ | Friday, April 26, 2024
स्वदेश फर्कँदैछन् अफगानी शरणार्थी फाइल तस्बिर

काबुल (रासस/एएफपी)- छिमेकी मुलुक पाकिस्तान र इरानबाट हालैका दिनमा पाँच हजार ९४० अफगानी शरणार्थी स्वदेश फर्केको आप्रवासी मामिलासम्बन्धी आयोगले शुक्रबार जनाएको छ।

शरणार्थीहरू पाकिस्तान र इरानबाट तोरखाम, स्पिन बोल्दाक, इस्लाम काला, अब्रेसाम र अङ्गोराडा नाका हुँदै अफगानिस्तानतर्फ फर्केको आयोगले सामाजिक सञ्जालमार्फत् सार्वजनिक विज्ञप्तिमा जनाएको छ।

अफगान अधिकारीहरूका अनुसार पाकिस्तानी सरकारले अफगान आप्रवासीहरूलाई फिर्ता पठाउने दोस्रो चरण अप्रिल १५ मा सुरु गरेको थियो। पहिलो चरणमा पाँच लाख ५० हजारभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानबाट फर्केका थिए।

अफगानी सरकारी तथ्यांकअनुसार २५ लाखभन्दा बढी अफगानी शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् भने करिब त्यत्तिनै संख्यामा इरानमा रहेका छन्।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगानी आप्रवासीहरुलाई स्वदेश फर्कन र आफ्नो युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान गर्न आग्रह गर्दै आएको छ।

प्रकाशित: १४ वैशाख २०८१ २१:४१ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast