काठमाडौँ- सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। त्यहाँ तैनाथ भवानी बक्स गणको पाँचौं डफ्फालाई बदली गर्न दि फेमश महिन्द्रदल गणको छैठौं डफ्फाका १९४ जनाको अन्तिम टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो।
नेपाली सेनाका अनुसार सेनानी हिराबहादुर घिमिरेको नेतृत्वमा सो टोली काठमाडौँबाट मिसन इलाका प्रस्थान गरेको छ। भवानी बक्सको टोली भने आइतबार स्वदेश फर्किएको छ। हाल उक्त मिसनमा नेपाली सेनाका १२४१ जना शान्ति सैनिकहरू कार्यरत छन्।
प्रकाशित: ३ वैशाख २०८१ १९:३४ | Monday, April 15, 2024
प्रतिक्रिया




