सुहाङलाई शुभकामना दिँदै ओलीले भने : अब पार्टीले युवालाई अघि बढाउँछ

हिमाल प्रेस १८ वैशाख २०८१ ८:०९ | Tuesday, April 30, 2024
सुहाङलाई शुभकामना दिँदै ओलीले भने : अब पार्टीले युवालाई अघि बढाउँछ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी सुहाङ नेम्बाङलाई बधाई दिँदै आफ्नो पार्टीले युवाहरूलाई अझ अगाडि बढाउने बताएका छन्।

मंगलबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार २७ हजार ७७२ मत ल्याएर सुहाङ नेम्बाङ विजयी हुन्।

नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटले पछि पार्दै प्रतिनिधिसभा सदस्यको यात्रा तय गरेका सुहाङलाई अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। साथै अध्यक्ष ओलीले खुसी हुँदै इलामेली मतदातालाई सुहाङलाई विजयी गराएको भन्दै धन्यवाद पनि दिएका हुन्।

उनले सुहाङलाई इलाम जाँदा कति मतले जितिन्छ भनेर प्रश्न गर्दा जवाफमा सुहाङले इलामेली जनतालाई सोध्नुपर्छ भनेर भनेको समेत उल्लेख गरे।

अध्यक्ष ओलीले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रो पार्टीले नेतृत्वमा युवाहरूलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरूलाई अझ अगाडि बढाउँदै जाने छ।’

प्रकाशित: १८ वैशाख २०८१ ८:०९ | Tuesday, April 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast