सुन तस्करीमा मुछिएका डीएसपीले भने : बदनाम र बेइज्जत गरेर रमाउनेहरूको सर्वनाश होस्

हिमाल प्रेस ३० चैत २०८० १३:११ | Friday, April 12, 2024
सुन तस्करीमा मुछिएका डीएसपीले भने : बदनाम र बेइज्जत गरेर रमाउनेहरूको सर्वनाश होस्

काठमाडौँ- सुन तस्करी जाँचबुझ आयोगको कारबाही सिफारिस परेका नेपाल प्रहरीका डीएसपी रुगम कुँवले सुन तस्करी प्रकरणमा आफूलाई बदनाम गराइएको दाबी गरेका छन्। नयाँ वर्ष २०८१ को शुभकामना दिँदै कुँवरले झुट्टा प्रमाण राखी निर्दोषहरूको जिन्दगीसँग खेल्ने, अर्काको बदनाम र बेइज्जत गर्न रमाउनेहरूको २०८१ सालमा सर्वनाश होस् भनेका हुन्।

उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा हुँदा अनुसन्धानमा लापरबाही गरेको गम्भीर आरोप छ।

‘झुट्टा प्रमाण राखी निर्दोषहरूको जिन्दगीसँग खेल्ने, अर्काको बदनाम र बेइज्जत गर्न रमाउनेहरूको २०८१ सालमा सर्वनाश होस्,’ उनले फेसबुकमा भनेका छन्, ‘नयाँ वर्षको पावन अवसरमा आफन्त तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।’

जाँचबुझ आयोगको प्रतिवेदनले सीआईबीका प्रमुख किरण बज्राचार्यसहित एक एसपी र दुई जना डीएसपीलाई कारबाही गर्न सिफारिस गरेको थियो। यही प्रकरणले उनीहरूलाई सीआईबीबाट हटाइएको छ। उनीहरूमाथि कारबाहीबारे निर्णय गर्न गृहमन्त्रालयले समिति पनि बनिसकेको छ।

प्रकाशित: ३० चैत २०८० १३:११ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast