सुनको भाउ बढ्याे, ताेलाकाे कति?

हिमाल प्रेस ७ वैशाख २०८१ १२:०६ | Friday, April 19, 2024
सुनको भाउ बढ्याे, ताेलाकाे कति?

काठमाडौँ- नेपाली बजारमा सुनकाे भाउ आज पनि बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला सात सय रुपैयाँले बढेकाे हाे।

बिहीबार प्रतितोला एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ३९ हजार तीन सय भाउ निर्धारण भएको छ।

यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ।

त्यस्तै चाँदीको भाउमा भने सामान्य गिरावट भएको छ। बिहीबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय २० निर्धारण भएको छ।

प्रकाशित: ७ वैशाख २०८१ १२:०६ | Friday, April 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast