सुदूरपश्चिम पुगेर सम्पन्न भयो गगनको ‘समुदायमा कांग्रेस’ यात्रा

हिमाल प्रेस ५ वैशाख २०८१ ७:५८ | Wednesday, April 17, 2024
सुदूरपश्चिम पुगेर सम्पन्न भयो गगनको ‘समुदायमा कांग्रेस’ यात्रा

काठमाडौँ-  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो मेची महाकाली संवाद यात्रा सम्पन्न भएको जानकारी दिएका छन्। झापाको मेची पुलबाट माघ १३ गते सुरु भएको यात्रा कञ्चनपुरस्थित महाकाली पुल पुगेर मंगलबार टुंगिएको हो। यस क्रममा २१ जिल्लाको१४५० किमि यात्रा गरेको थापाले बताए।

‘संवादका क्रममा हामीले खुला संवाद, स्थानीय समस्या र सम्भावना केन्द्रित संवाद र सेवा प्रवाह गर्ने ठाउँको अवलोकनको कार्यक्रम गरेका छौँ,’ थापाले भनेका छन्, ‘नेपाली कांग्रेसलाई समुदायमा फर्काउने र पार्टी रूपान्तरणको अभियानको थालनी गरेका छौँ।’

सुदूरपश्चिममा पनि संवाद यात्राका क्रममा क्रिकेट क्षेत्रको योगदान, फाप्ला क्रिकेट मैदान सुधार ,स्तरोन्नति र आवश्यकता पहिचानका लागि अवलोकनबारे छलफल भएको थापाले जानकारी दिएका छन्। संवाद यात्रामा जोडिने सबैलाई उनले धन्यवाद दिएका छन्।

प्रकाशित: ५ वैशाख २०८१ ७:५८ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast