सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय

हिमाल प्रेस ५ वैशाख २०८१ १५:०५ | Wednesday, April 17, 2024
सुदूरपश्चिममा सोडारीलाई मुख्यमन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय दीर्घ सोडारी। फाइल तस्बिर

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

नेकपा एमालेले सुदूरपश्चिममा सोडारी बाहेकका व्यक्तिलाई मुख्यमन्त्री बनाउनुपर्ने विषय अघि सारेपछि सहमति जुट्न सकेको छैन। पार्टीको महाधिवेशनको तयारी लगायतको विषयमा छलफल गर्न सचिवालयको बैठक जारी छ।

प्रकाशित: ५ वैशाख २०८१ १५:०५ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast