सुदूरपश्चिममा नेकपा एसकै सोडारीलाई मुख्यमन्त्री मान्न एमाले तयार

हिमाल प्रेस ६ वैशाख २०८१ १५:५५ | Thursday, April 18, 2024
सुदूरपश्चिममा नेकपा एसकै सोडारीलाई मुख्यमन्त्री मान्न एमाले तयार दीर्घ सोडारी। फाइल तस्बिर

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा अन्तत: नेकपा एकीकृत समाजवादीका नेता दीर्घ साेडारीलाई नै मुख्यमन्त्रीमा समर्थन गर्न नेकपा एमाले तयार भएकाे छ। एमाले तयार भएसँगै साेडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखकाे कार्यालय जाने तयारी गरेका छन्।

एमालेले समर्थन नगरे कांग्रेसकाे समर्थन जुटाएर मुख्यमन्त्री बन्ने तयारी साेडारीले गरेका थिए। त्यसबाट झस्केकाे एमाले अन्तत: साेडारीलाई समर्थन दिन बाध्य भएकाे हाे। साेडारी विवादित पात्र भएकाले उनलाई मुख्यमन्त्री बनाउन नहुने अडान एमालेले लिएकाे थियाे।

प्रदेश प्रमुख नाजिर मियाँले सरकार गठनका लागि दाेस्राेपटक दिएकाे समयसीमा अहिले साँझ ५ बजे सकिँदै छ।

प्रकाशित: ६ वैशाख २०८१ १५:५५ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast