सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

हिमाल प्रेस ७ वैशाख २०८१ ९:१३ | Friday, April 19, 2024
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ- सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना भएको छ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान ७:२० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईको भनाइ छ।

प्रहरीकै भनाइमा बसमा दुलहासहित ५५ जना थिए। गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर लगिएको छ। अन्य घाइतेको वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ। दुलहा सामान्य घाइते छन्।

प्रकाशित: ७ वैशाख २०८१ ९:१३ | Friday, April 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast