सार्कको नेपाल निर्देशकमा ओडारी

हिमाल प्रेस ३ वैशाख २०८१ २१:३१ | Monday, April 15, 2024
सार्कको नेपाल निर्देशकमा ओडारी

काठमाडौँ- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को नेपाल निर्देशकको जिम्मेवारी परराष्ट्र मन्त्रालयका वरिष्ठ उपसचिव हरि ओडारीले आज (सोमबार) देखि सम्हालेका छन्। यसअघि चैतमा भएको पदस्थापना (पोस्टिङ)मा उनको नाम सिफारिस भएको थियो। उनी अघिल्ला परराष्ट्रमन्त्री एनपी साउदको निजी सचिवको रूपमा कार्यरत थिए।

१५ वर्षअघि अधिकृतका रूपमा परराष्ट्र सेवामा प्रवेश गरेका ओडारीसँग यसअघि जेनेभा स्थित नेपाली नियोग र भारतको नयाँ दिल्ली स्थित नेपाली दूतावासमा काम गरेको अनुभव छ। अंग्रेजीमा राम्रो दख्खल भएको र आफ्नो भनाइ स्पष्टरूपमा राख्न सक्ने भएकाले उनलाई सार्कमा पठाइएको परराष्ट्र अधिकारीहरू बताउँछन्। उनी राम्रो  वार्ताकार (नेगोसियटर)का रूपमा पनि चिनिन्छन्।

सार्कमा यसअघि नेपाल निर्देशकको रूपमा मणि शर्मा थिए। निर्देशकको कार्यकाल ३ वर्ष हुन्छ। सार्क सदस्य राष्ट्रहरू सबैको एक–एक जना निर्देशक रहने प्रचलन छ। साथै सार्कको नेतृत्वमा भने महासचिव रहन्छन्। अहिले बंगलादेशका महासचिव छन्। अफगानिस्तानको पालो भए पनि त्यहाँको सरकारले मान्यता नपाएको कारण अफगानिस्तान पछि रहेको बंगलादेशले अहिले नै महासचिव पठाउन पाएको हो।

पछिल्लो समय सार्क सक्रिय छैन। सन् २०१४ मा काठमाडौँमा १८ औँ शिखर सम्मेलन भएको थियो। त्यसपछि शिखर सम्मेलन हुन सकेको छैन। २०१६ मा पाकिस्तानमा १९ औँ शिखर सम्मेलन हुने भनिए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो। सार्कमा नेपाल, भारत, पाकिस्तान, श्रील‌ंका, बंगलादेश, भुटान, माल्दिभ्स  र अफगानिस्तान सदस्य छन्। तर पछिल्लो समय सार्कले आफ्नो प्रतिवद्धता समेत कार्यावन्यन गर्न सकेकाे छैन। अनि कर्मचारीको लागि आकर्शक पोष्टिङको स्थान मात्र बनेकाे छ।

यसअघि स्थानीय कर्मचारीको रुपमा रहेको जीएस वान पनि यतिबेला सचिवालयमा नेपाल सरकारले कर्मचारी नै पठाउने गरी कर्मचारीको हालीमोहली हुने वातावरण तय गरेको छ। बाहिरबाट प्रतिशपर्धा गरेर लिने पदमा पनि मन्त्रालयबाट पठाउने गरि सार्क समेत नियाल्ने निकायले निर्णय लिएको छ। कर्मचारीकै कारण सार्क अघि बढ्न नसकेको अवस्था हो। यदि यो राजनीतिक नेतृत्वबाट चल्ने निकाय हुन्थ्यो भने नेपाल साच्चै सार्कको राजधानीको रुपमा चिनिन्थ्यो। तर अझै यसलाई कर्मचारीतन्त्रको आकर्शक स्थान बनाउने काम भएको छ।

प्रकाशित: ३ वैशाख २०८१ २१:३१ | Monday, April 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast