सहकारी ठगीको छानबिन छल्न सरकारले संसद्को अधिवेशन अन्त्य गर्‍यो : शेरबहादुर देउवा

हिमाल प्रेस २ वैशाख २०८१ १२:५८ | Sunday, April 14, 2024
सहकारी ठगीको छानबिन छल्न सरकारले संसद्को अधिवेशन अन्त्य गर्‍यो : शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगीबारे संसदीय छानबिन समिति गठनको दबाब छल्न सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको आरोप लगाएका छन्। आज आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले सुशासनको पक्षमा कांग्रेसले उभिएर आवाज उठाइरहनुपर्ने बताएका हुन्।

‘हामीले उठाएको माग नेपाली कांग्रेसको पार्टीगत नभई लाखौं सहकारी पीडितको अरबौं बचत हिनामिनाको विषय हो,’ देउवाले भने, ‘यस्तो गम्भीर विषयलाई संसदीय छानविन समिति बनाई यथार्थ विषयवस्तु बाहिर ल्याउन माग गरिएकोमा यसलाई सरकारले छल्ने उद्देश्यले संसदनै बन्द गर्ने निर्णय गरेको छ। यसबाट के पुष्टि हुन्छ भन्दा सरकार सहकारी पिडितका पक्षमा नभएको, सुशासनको पक्ष नरहेको र गैरजिम्मेवारी रूपमा प्रस्तुत भएको पुष्टि हुन्छ। तर, कांग्रेस पीडितको पक्षमा, सुशासनको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइ रहनुपर्दछ।’

बैठकले अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताविरोधी ठहर गरेको थियो।

प्रकाशित: २ वैशाख २०८१ १२:५८ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast