सहकारीपीडितले गृहमन्त्रीलाई दिए धन्यवाद

हिमाल प्रेस १४ वैशाख २०८१ १६:२८ | Friday, April 26, 2024
सहकारीपीडितले गृहमन्त्रीलाई दिए धन्यवाद

काठमाडौँ- सहकारीसम्बन्धी समस्या द्रूत प्रकृयाबाट समाधान गर्न पहल गरेको भन्दै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिन सहकारीपीडित सिंहदरबार पुगेका छन्।

गृहमन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेस गरेका थिए। मन्त्रिपरिषद् बैठकले यो समस्या द्रूत प्रकृयाबाट समाधान गर्ने निर्णय गरेको थियो।

आफ्ना समस्या सम्बोधनका लागि पहल गरिदिएकोमा धन्यवाद दिन पीडितहरू आज गृह मन्त्रालयमै पुगेका हुन्। उनीहरूले सरकारको निर्णय छिटो कार्यान्वयन हुनेमा आशावादी रहेको मन्त्री लामिछानेलाई सुनाए।

उनीहरूसँगको भेटमा गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफूले त्यसलाई टुलुटुलु हेरेर बस्न नसकेको बताए।

अब सरकारले सहकारी ठगहरूको नाममा रहेको सम्पत्ती र उनीहरूले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ती बेचेर भएपनि बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्ने बताए।

प्रकाशित: १४ वैशाख २०८१ १६:२८ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast