सशान कँडेलले ‘होस्टेल’ को तेस्रो शृंखला बनाउने

हिमाल प्रेस ५ वैशाख २०८१ ११:०५ | Wednesday, April 17, 2024
सशान कँडेलले ‘होस्टेल’ को तेस्रो शृंखला बनाउने

काठमाडौँ- फिल्म ‘होस्टेल’को तेस्रो शृंखला बन्ने भएको छ। निर्माण टिमले बुधबार पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’ निर्माणको घोषणा गरेका हुन्। फिल्म सशान कँडेलले निर्देशन गर्नेछन। उनको यो डेब्यु निर्देशन हो। माधव शर्माको स्क्रिप्ट लेखन रहने फिल्ममा निर्देशक कंडेलकै कथा छ।

फिल्म होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहने निर्माण हुने निर्देशक कँडेलले बताए। उनी डेढ दशकदेखि गायन र म्युजिक भिडियो निर्देशनमा सक्रिय छन्।

फिल्मको निर्मातामा शिशिर ज्ञवाली छन्। फिल्मको कार्यकारी निर्मातामा शंकर कोइराला, सह-निर्मातामा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा रहेका छन्। यसअघि ‘होस्टेल’ र ‘होस्टेल रिटन्र्स’ लाई सुनिल रावलले निर्माण गरेका थिए। तेस्रो शृंखला सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्मससँगको सहकार्यमा बन्नेछ।

प्रकाशित: ५ वैशाख २०८१ ११:०५ | Wednesday, April 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast