सम्पदा र सांस्कृतिक चित्रले रंगिएको सुन्धाराको पर्खाल [फोटो फिचर]

दिपेश श्रेष्ठ १३ वैशाख २०८१ १३:३४ | Thursday, April 25, 2024
सम्पदा र सांस्कृतिक चित्रले रंगिएको सुन्धाराको पर्खाल [फोटो फिचर]

काठमाडौँ- सहरी सुन्दरता बढाउन काठमाडौँ महानगरपालिकाले सहरका भित्ताहरूमा नेपाली संस्कृति र सम्पदा झल्कने चित्र कोर्ने काम गरिरहेको छ। महानगरले ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सार्वजनिक स्थानका सडकछेउमा भित्ताहरूमा कलात्मक चित्र कोर्ने काम गरिरहेको हो।

सुन्धारा क्षेत्रको पर्खालमा भित्तिचित्र बनाउने काम सकेको महानगरले अब त्रिपुरेश्वरस्थित रंगशाला, माइतीघर-बबरमहल सडक, प्रदर्शनी मार्ग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर-मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरूमा कलात्मक चित्र कोर्नेछ।

महानगरका अनुसार रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तरराष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा झल्कने चित्र कोरिनेछ भने अन्य स्थानमा मौलिकता दर्शाउने जात्रा तथा जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभुषा र काठमाडौँ चिनाउने सम्पदाहरू हुनेछ।

भित्तिचित्र लेखनमा सक्रिय कलाकार डीपी भण्डारी कलासंस्कृतिलाई विशेष महत्त्व दिएर काम भइरहेको बताउँछन्। ‘फोहोर गरेर छाडिएका भित्ताहरूमा हाम्रो सभ्यता र संस्कृति झल्कने चित्र बनाउनु धेरै राम्रो विषय हो’, उनले भने।

भित्तिचित्र सहरी सौन्दर्य बढाएर पर्यटक आकर्षित गर्ने एउटा गतिलो माध्यम भएको भण्डारी बताउँछन्। उनका अनुसार चित्रलेखनमा १५ जनाजति कलाकार खटिएका छन्।

प्रकाशित: १३ वैशाख २०८१ १३:३४ | Thursday, April 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast