समीक्षा र प्रकाशको स्वरमा ‘बोक्सीको घर’को गीत

हिमाल प्रेस २० चैत २०८० १८:०१ | Tuesday, April 2, 2024
समीक्षा र प्रकाशको स्वरमा ‘बोक्सीको घर’को गीत

काठमाडौँ- गायिका समीक्षा अधिकारी र गायक प्रकाश सपूतको स्वरमा फिल्म ‘बोक्सीको घर’को बुझिन मैले’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ। गीत गायक प्रकाशकै शब्द र संगीतमा बनेको छ। सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ।

अभिनेत्री अधिकारीको निर्माण र अभिनय रहेको फिल्म आगामी वैशाख १४ मा प्रदर्शन हुनेछ। यसअघि ‘जिन्दगीको कथा’ बोलको गीत र टिजर सार्वजनिक भएको थियो।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित छ।सामाजिक तथा थ्रिलर जनरामा बनेको फिल्ममा समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरेको निर्माण टिमको दाबी छ।

फिल्ममा बोक्सीको आरोपमा समाजले महिलामाथि गर्ने शोषणलाई देखाउन खोजिएको छ। फिल्ममा केकीसहित निर्देशक सुलक्षण भारती, सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता केकीका बाबु बद्री अधिकारी हुन्। भने कार्यकारी निर्मातामा राज घिमिरे छन्।

प्रकाशित: २० चैत २०८० १८:०१ | Tuesday, April 2, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast