सप्तकोशी नदीमा डुबेका दुई जनाको सकुशल उद्धार

हिमाल प्रेस १४ वैशाख २०८१ १९:५९ | Friday, April 26, 2024
सप्तकोशी नदीमा डुबेका दुई जनाको सकुशल उद्धार

सुनसरी- सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा डुबेका दुई जनाको सशस्त्र प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ।

धरान उपमहानगरपालिका-३ बस्ने २३ वर्षीय रविन परियार र झापा गौरदह गाउँपालिका ३ बस्ने २१ वर्षीय तुलसीप्रसाद पराजुली नुहाउने क्रममा नदीमा डुबेका थिए।

सो बारे जानकारी पाउनासाथै सुरक्षा बेस चतराबाट खटिएको विपद् व्यवस्थापनसहितको सुरक्षा फौजले उनीहरूको मोटर बोटको सहायताले सकुशल उद्धार गरेको हो। उनीहरूको अवस्था भने सामान्य रहेको छ।

यसअघि वैशाख ४ गते सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेका चार जना र वैशाख १२ गते नदीमा हाम फालेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: १४ वैशाख २०८१ १९:५९ | Friday, April 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast