सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

हिमाल प्रेस १० वैशाख २०८१ १७:०४ | Monday, April 22, 2024
सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा परेकाे छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेकाे हाे।

काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) को जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा थप दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीप गएको फागुन १० गते पुनरावेदन गरेका थिए।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई बालिग ठहर गरेको र सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ।

दुवै मुद्दामा आज एकैसाथ सुनुवाइ गर्ने तय भएको थियो। यसअघि, उच्च अदालतले पीडित गौशाला २६ को जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल प्रतिसहित जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश गरेको थियो। काठमाडौँ जिल्ला अदालतबाट तीनपटकसम्म जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश भएको थियो। एकपटक पीडित गौशाला २६ की आमाको समेत जन्मदर्ता झिकाउन आदेश जिल्ला अदालतले गरेको थियो।

प्रकाशित: १० वैशाख २०८१ १७:०४ | Monday, April 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast